गोरखा भूकम्पलाई सम्झाउनेगरी एकाबिहानै भूकम्पको कडा धक्का

Advertisement

काठमाडौं । चार बर्ष अघिको गोरखा भूकम्पलाई सम्झाउनेगरी बुधबार बिहानै भूकम्पको कडा धक्का महशुस गरिएको छ । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आएकोमा आज वैशाख ११ गते भूकम्प आएको हो ।

भूकम्प आएपछि घरमा सुतिरहेका मानिसहरु बाहिर सडक तथा चौरमा जम्मा भएका थिए । बिहान ६ः२५ मा कडा धक्का महशुस भएकोमा त्यसको करिव १५ मिनेटपछि पुनः अर्को धक्का महशुस गरिएको थियो । भूकम्प मापदन केन्द्रको वेभसाइट नचल्दा भूकम्प कति रेक्टरको थियो ? भन्ने कुरा जानकारी हुन सकेको छैन् ।

Advertisement

Advertisement

Advertisement