राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चिन प्रस्तान गरेकि छिन् । उनी आफ्ना चिनियाँ समकक्षी सी जिनपीङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गरे । यो अवसरमा मन्त्रिगणा, सांसद, सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नेछिन भने स्वदेश फर्कदा चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नेछिन् । उनले ती दुवै प्रान्तका राजनीतिक नेताहरूसँग भेटवार्तासमेत गर्नेछिन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement