एभेन्जर्स : इन्ड गेम बुकिङ खुलेको केहि मिनेटमै तीन ठूला मल्टिप्लेक्सको वेबसाइट डाउन

Advertisement

काठमाडौँ । ‘एभेन्जर्स :  इन्ड गेम’ले नेपालस्थित मल्टिप्लेक्समा एड्भान्स बुकिङ खुला गरेको केही मिनेटमै ओभर ट्राफिकले क्यूएफएक्स, बिग मूभिज र बीएसआरको अफिसियल वेबसाइट डाउन भएका छन् ।

क्षमताभन्दा बढी ट्राफिक सर्भरमा भित्रिएपछि साइट क्र्यास भएको हो । क्यूएफएक्सले केही घन्टामा सर्भर र साइट व्रोन्डब्यान्ड क्षमतामा वृद्धि गर्दै पुनः संचालनमा ल्याउन लागेको छ । पुरानो सर्भरले एभेन्जर्सको ट्राफिकलाई थेग्न नसक्ने भएकाले क्षमता वृद्धि गरेर चलाउन लागेका हौं’ स्रोतले जनाएको छ ।
क्यूएफएक्सले एभेन्जर्स र शुक्रबार लाग्ने छक्का पञ्जा २ को सोज संख्या भने तयार पारेको छ । क्यूएफएक्सले बुधबार बेलुकादेखि एभेन्जर्सको एड्भान्स बुकिङ खुल्ने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement