तनहुँ जलविद्युतको बाँध बनाउन पुनः ‘ग्लोबल टेण्डर’ आह्वान

Advertisement

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आव्हान गरेको छ ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ तोकिएको छ ।

टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरुले दातृ निकाय एडीबीको खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए । ‘पहिले प्राविधिक प्रस्ताव मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ’ प्रवन्ध–सञ्चालक थिकेले भने– ‘कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’ आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्याकेज १ अन्तर्गत आयोजनाको मुख्य बाँध र नदी फर्काउनका लागि अस्थायी बाँध निर्माणका लागि भारतको जयप्रकाश एशोसियट्स लिमिटेड, सोङदा कर्पोरेशनरकालिका कन्ट्रक्सन जेभी, एससीसी डोकास इन्ट्रिगेडेड, चाइना गेजुवा ग्रुप लिमिटेड र सीएमसी डी रेभेना इटालीले प्रतिस्पर्धामा भाग लिने पाउनेछन् । प्याकेज १ मा एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) को लगानी हुनेछ ।

यस्तै प्याकेज २ मा विद्युतगृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि एससीसी हिन्दुस्तान कन्ट्रक्सन कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन र सीएमसी डी रेभेन बोलपत्रमा भाग लिनका लागि छनौट भएका छन् । यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को लगानी हुनेछ । सन् २०१७ देखि निर्माण सुरु भई सन् २०२२ सम्म आयोजना सम्पन्न हुने गरी कार्ययोजना तयार भएको थिकेले जानकारी दिए ।

यस्तै, लट ३ मा प्रसारणलाइन तथा सवस्टेशन निर्माण र १७ गाविसमा विद्युतिकरणको पूर्वाधार तयारीको योजना छ । यसअन्तर्गत प्रसारणलाइनको एलाइमेन्टको काम सकिएको छ । पूर्वयोग्यता छनौटको काम सुरु हुन लागेको थिकेले बताए । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसमध्ये एडीबीले १५ करोड, जाइकाको १८ करोड ४० लाख डलर, इआईबीले साढे ८ करोड र बाँकी ८ करोड ७० लाख डलर सरकार र नेपाल विद्युत प्राधिरकरणले लगानी गर्ने प्रारुप तयार गरिएको छ । आयोजना नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत स्वामित्वमा छ ।आयोजनाको पहुँचमार्ग र अन्य पूर्वाधार विकासको काम भइरहेको छ । आयोजनालाई आवश्यक मुआब्जाको मूल्य तय भइसकेको चाँडै वितरण हुने उनले जानकारी दिए ।

जलासयका लागि मात्र १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । सुरुङको लम्बाइ १ हजार २ सय मिटर छ । विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता हुन बाँकी छ । सरकारले जलासय अर्धजलासय आयोजनाको पीपीए दर निर्धारण गरेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

उक्त आयोजनाको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement