सेयर बजारमा दोहोरो अंकको वृद्धि, एक अर्ब माथिको कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज विहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १२.८३ अंकले बढेर १,२९२.१२ अंकमा कायम भएको छ । यो गत बिहीबारको तुलनामा ५९.८६ अंक बढी हो ।

बिहीबार दिनभरिमा मात्रै कूल १७६ कम्पनीको एक अर्ब ३५ करोड रुपियाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ करोडमाथिको कारोबार भएको छ ।

आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ८९.९१ प्रतिशतले बढेको छ । त्यसैगरी एनसीसी बैंक र प्रभु बैंकको ७ करोडभन्दा बढीको कारोबार भएको छ । छिमेक लघुवित्तको ६ करोड ६० लाख रुपियाँको कारोबार भएको छ ।

नयाँ वर्ष २०७६ साल शुरु भएपछि हालसम्ममा नेप्से १०८ अंकले बढेको छ । यस साता ६० अंकले बढेको नेप्से गत साता मात्रै ४८ अंकले बढेको थियो । दुई सातामा कुल ९ दिन कारोबार भएको बजारमा जम्मा एकदिन मात्रै नेप्से सामान्य अंकले घटेको थियो भने बाँकी ८ दिन निरन्तर दोहोरो अंकले उकालो लागेको छ । यसरी सेयर दुई हप्तासम्म निरन्तर बढ्नाले लगानीकर्ताहरुमा खुसी छाएको छ ।

Advertisement

Advertisement

Advertisement