ओलीलाई शेखरको प्रश्न- सार्वजनिक जग्गा लुटने काम कहिले रोकिन्छ ?

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सार्वजनिक सम्पत्ति माथीको लुट कहिलेसम्म ? भन्दै विज्ञप्ति निकालेर सरकारलाई प्रश्न गरेका छन् । बालुवाटारदेखि टुँडिखेलको सरकारी जग्गा भूमाफियाहरुले अतिक्रमण गरेको विषयलाई लिएर कोइरालाले विज्ञप्ति जारी गर्दै सरकारलाई प्रश्न गरेका हुन् ।

उनले बालुवाटार र टुँडिखेलको सार्वजनिक जग्गा मिच्ने जतिसुकै शक्तिशाली भए पनि तत्काल कारवाही गर्नुपर्छ भन्दै बालुवाटार र टुँडिखेल प्रकरणमा ठूलै नेता संलग्न भएको भए पनि कारवाही गर्नुपर्ने माग गरेका छन् ।

‘भूमाफिया, व्यापारी, राजनीतिज्ञ र सरकारको मिलेमतोमा वालुवाटारको जग्गा व्यक्तिको नाममा गरेको र टुँडिखेलको जग्गा व्यक्तिले भाडामा लगाएको समाचार आएको भन्दै कोइरालाले मुलुकका लागि यो भन्दा दुर्भाग्य के हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

यो प्रकरणले जनमानसमा के सन्देश जान्छ ? सार्वजनिक सम्पत्ति माथीको लुट कहिलेसम्म ?’ कोइरालाले विज्ञप्तिमार्फत प्रश्न गर्दै राजनीतिकर्मीले के का र कस्का लागि राजनीति गर्ने ? भन्ने स्पष्ट नभएको बताएका छन्। उनले मुलुकका लागि यो भन्दा ठूलो बेइमानी के हुन सक्छ ? भन्दै यस्ता कार्यमा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

Advertisement

Advertisement

Advertisement