भारतीय बजार चिनियाँ लगानीका लागि अवसरः राजेशकाजी श्रेष्ठ

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षीयसम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका श्रेष्ठले चीनको बेइजिङमा चाइना–नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको ‘नेपालमा लगानीको संभावनाको खोजी’ विषयक गोष्ठीमा नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गदै गरेको बताए ।

उनले चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य भएको बताउँदै चीनको बेइजिङमा आइतबार उनले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटनलगायतका क्षेत्रहरु रहेको जानकारी दिँदै विश्व सम्पदा सूचीमा रहेका स्थान, वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको बताए ।

अध्यक्ष श्रेष्ठले नेपालमा अनुभवी एंव कडा परिश्रमी श्रमिक र खनिज रहेको भन्दै गानीको लागि अघि बढ्न चाइनालाई आग्रह गरे । उनले चीनसँग नेपालको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सार दरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने जानकारी दिँदै नेपालमा स्थायी सरकार बनेकोले राजनीति स्थिरता पनि कायम भएको, विद्युत आपूर्तिको समस्यामा धेरै सुधार भएको, लगानीमैत्री नीति निर्माणले वैदेशिक लगानीका लागि वातावरण बनेको बताए ।

भारतमा निर्वाधरुपमा सुन्य भन्सार दरमा नेपाली मालवस्तु निर्यात गर्न पाइने अवस्था रहेको भन्दै उनले यो भनेको चीनका लागि पनि लगानीको उपयुक्त अवसर हो भने । श्रेष्ठले सामान्य ग्राह्यता प्रणालीअनुसार अमेरिका, युरोपियन युनियन जस्ता मुलुकहरुमा शुन्य दर निर्यातको सुविधा प्राप्त भएको जानकारी दिए ।

उनले नेपालमा चीनिया पर्यटक बढाउन चीनको बेइजिङ, साङ्घाई, लासा जस्ता शहरमा हवाई उडान बढाउनु जरुरी रहेको भन्दै व्यापार प्रबद्र्धनका लागि अब नेपालमा चाइना बैंकको आवश्यकता भएको बताए ।

Advertisement

Advertisement

Advertisement