एनआईबीएल क्यापिटलले पायो ५० करोडको खुलामुखी योजना ल्याउने अनुमति

Advertisement

काठमाडौँ । एनआईबीएल एस क्यापिटलले सामूहिक लगानी कोषको खुलामुखी योजना सञ्चालन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई ५० करोड रूपैयाँ बरावरको खुलामुखी योजना सञ्चालन गर्ने अनुमति दिएको हो ।

सेयर बजारका औजाहरूमा विविधीकरण गर्दै परीक्षणको रूपमा खुलामुखी योजना सञ्चालन गर्न एनआईबीएल एस क्यापिटललाई अनुमति दिइएको बोर्डले जनाएको छ । एनआईबीएल सहभागिता फन्ड नामक योजनाको योजना व्यवस्थापकको रूपमा एनआईबीएल एस क्यापिटल रहेको छ । आगामी जेठ १५ गतेभित्र सर्वसाधारणमा बिक्री गरिसक्ने एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले माग गरेभन्दा धेरै आवेदन आएको खण्डमा ५० करोडसम्म बिक्री गर्न अनुमति दिएको छ । सो योजनामा साढे सात करोड रूपैयाँ बीउ पुँजीको रूपमा प्रवद्र्धक कम्पनी नेपाल इन्भेस्टमेन्ट बैंकले लगानी गर्नेछ । योजना २० करोडको भएको खण्डमा साढे १२ करोड र ५० करोडको भए साढे ४२ करोड रूपैयाँ सर्वसाधारणको रहनेछ । हालसम्म करिव १६ अर्ब रूपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना सञ्चालनमा आइसकेका छन् । ती मध्ये केही परिपक्व पनि भैसकेका छन् ।

यसअघि एनआइडीसी क्यापिटल मार्केटले खुलामुखी योजना सुरु गरेको भए पनि बजारले सकारात्मक प्रतिक्रिया नदिएपछि बन्द भएको थियो । खुलामुखी योजनाले बचतलाई परिचालन गराउने भएकाले पनि प्रभावकारी मानिन्छ । खुलामुखी योजना सञ्चालन गर्न सकेमा कर्मचारीको बचतलाई पनि सामूहिक लगानी कोषमार्फत परिचालन गर्न सकिन्छ । समूहिक लगानी कोषको खुलामूखी योजनाको अवधि र आकार निश्चित हुँदैन ।

योजना सञ्चालनको पहिलो चरणमा इकाइ बिक्री गर्न सार्वजनिक निष्कासन गरिने भए पनि त्यसपछिको खरिद बिक्री प्रक्रिया योजना व्यवस्थापकले गर्नुपर्ने हुन्छ । यो योजनाका इकाइ नेप्सेमा सूचीकृत हुँदैन । यसको बजार सञ्चालन योजना व्यवस्थापकले नै गर्नुपर्नेछ । खुलामुखी योजनाको इकाइ किन्न आएको खण्डमा योजनाको आकार आफैं बढ्दै जान्छ । आइपीओपछिको इकाइ खरिद बिक्री योजनाको खुद सम्पत्ति मूल्यांकनका आधारमा हुन्छ । यो कारोबार गरेवापत योजना व्यवस्थापकले निश्चित शुल्क लिन्छ ।

योजना व्यवस्थापकले तोकेको संस्थावाट किनबेच गर्न सकिन्छ । बिक्री गर्न आएको इकाइ धनीले योजना व्यवस्थापक खरिद गर्नैपर्छ । खुलामुखी योजनामा तरलता सहज हुन्छ । किन्न मन लागेको खण्डमा पैसा हाल्छु भनेपछि जति पनि इकाइ उपलब्ध गराउनु पर्छ । किन्न आएको खण्डमा दिनु प¥यो र बिक्री गर्न आएको खण्डमा खरिद गरी दिनुप¥यो । यो योजनामा हाल सञ्चय कोषमा जम्मा कर्मचारीको बचतलाई सिधै परिचालन गर्ने संयन्त्र बनाइ लगानी गर्न पनि सकिन्छ ।

Advertisement

Advertisement

Advertisement