अर्थमन्त्री डा. युवराज खतिवडा फिजी प्रस्थान

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार फिजीतर्फ प्रस्थान गरेका छन्। आगामी मे दुई देखि पाँचसम्म फिजीको नादीमा आयोजना हुन लागेको बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने कार्यक्रम छ।

बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थका उच्च पदस्थ प्रतिनिधिसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। अर्थमन्त्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग ’सार्क’ अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन्।यसका साथै सार्क विकास कोषको गर्भ्निङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम छ।

उनले बैठक र द्विपक्षीय वार्ताको क्रममा नेपालको संघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारलाई दिनेछन्।

उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिने अर्थमन्त्री सचिवालयले जानकारी दिएको छ। बैठकमा सहभागी हुन अर्थमन्त्रीसहित अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख फिजी प्रस्थान गरेका हुन्। अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ।

Advertisement

Advertisement

Advertisement