विद्युत प्राधिकरणको महशुल काउण्टर बिहीबार देशभरी नै बन्द

Advertisement

काठमाडौँ । विद्युत प्राधिकरण ट्रेड युनियन चुनावको लागि भन्दै विद्युत प्राधिकरणका कर्मचारीले बिहीबार देशभरी नै आय संकलन काउन्टर बन्द भएका छन् । महशुल तिर्ने काउन्टर बन्द हुँदा सेवाग्राही भने मर्कामा पर्ने भएका छन् ।

आधिकारिक ट्रेड युनियनको चुनावका कारण बिहीबार देशभरको कुनै पनि काउन्टरबाट विद्युत् महशुल तिर्न नसकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तर अनलाइनबाट भने भुक्तानी गर्न सकिनेछ । चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

Advertisement

Advertisement