थाइल्याण्डका राजाले आफ्नै बडिगार्डसँग बिहे गरे

Advertisement

काठमाडौं । थाइल्याण्डका राजा माहा वाजिरालङकोर्नले आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका छन् । ६६ वर्षका राजाले आफ्नो बडिगार्डसँग विवाह गरेका हुन् ।

उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिने गरेका थिए । सुथिदासँग राजा माहाको लामो समयदेखि प्रेम सम्बन्ध थियो । राजाले उनलाई रानीको उपाधि पनि दिएका छन् ।

माहाका पिता सन् २०१६ मा निधन भएपछि उनी राजा बनेका हुन् । उनले तीनपटक विवाह र सम्बन्ध विच्छेद गरिसकेका छन् । उनका सात सन्तान छन् ।

Advertisement

Advertisement

Advertisement