अमेरिकी राष्ट्रपति ट्रम्पले ब्याजदर घटाउन दबाब दिएपनि फेडरल रिजर्भले मानेन

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भलाई ब्याजदर घटाउन आग्रह गरेपनि फेडले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन् । बुधबार सार्वजनिक गरेको नयाँ दर पनि यसअघि तोकिएको दर सरहनै देखिएको छ । फेडको दुई दिन सम्म बसेको बैठकमा ट्रम्पले ब्याजदर १ प्रतिशत घटाउन दबाब दिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

फेडले अमेरिकाको ब्याजदरमा कुनै परिवर्तन नगरी २ दशमलव ५ प्रतिशत नै ब्याजदर रहने बताएको छ । फेडले यसअघि २०१८ डिसेम्बर २० मा २ दशमलव २५ प्रतिशत रहेको ब्याजदर शुन्य दशमलव २५ प्रतिशतले वृद्धि गरी २ दशमलव ५ प्रतिशत पुर्याएको थियो ।

ट्रम्पले फेडको ब्याजदर घटाएर सहुलियत ऋण प्रदान गरी अमेरिकी अर्थतन्त्रलाई विस्तार गर्ने योजनामा छन् ।

Advertisement

Advertisement

Advertisement