आफ्नो बच्चा लिन नमानेको भन्दै पूर्वसाँसद साह पक्राउ

Advertisement

ललितपुर । मेडिसिटी अस्पतालको उजुरीपछि प्रहरीले पूर्वसाँसद गायत्री शाहलाई पक्राउ गरेको छ । आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा साह पक्राउ परेकी हुन् । अस्पतालको लापरवाहीले गर्दा ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मन पुगेको भन्दै उनले बच्चा लिन अस्वीकार गर्दै आएकी थिइन् ।

साहले नस्वीकारेपछि अस्पतालले बच्चालाई आइसियूमा राख्दै आएको थियो । प्रहरीले पूर्वसांसद साहसँगै उनका पति सन्तोषलाई पनि आइतबार दिउँसो ४ बजे पक्राउ गरेको छ ।

ललितपुर प्रहरी परिसरका अनुसार अस्पतालको उजुरीका आधारमा आदेशबाट आदेश आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । साहले मेडिसिटीको लापरवाहीले गर्दा ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै इष्टमित्रसहित अस्पताल परिसरमै पनि धर्ना बसेकी थिइन् । पछि उनले धर्ना बस्न छोडे पनि बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने भन्दै स्वीकार मानेकी थिइनन् ।

साह र उनका पतिको अनुसार अस्पतालले अनावश्यकरुपमा भिडियो एक्सरे गर्नेसहित उपचारमा लापरवाही गरेका कारण ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिन पुगेको गुनासो गर्दै आएका छन् । अस्पतालले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । ‘डाउन सिन्ड्रोम’ भएको बच्चा शारिरीक र मानिसरुपमा रोगी हुने, बिरामी भइरहने जस्ता समस्या हुन्छ ।

पूर्वसांसद साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । बच्चा जन्मदा अस्पतालले कुरा लुकाएको र उपचार भइरहेको बताएको, पछि मात्रै ‘डाउन सिन्ड्रोम’ भएको भनी कुरा खोलेको साह दम्पत्तिको भनाई छ । मेडिसिटी नेपालकै महंगो अस्पतालमध्येको एक हो ।

Advertisement

Advertisement

Advertisement