बैंक अफ काठमाण्डूको निष्किृय कर्जा बढ्यो

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २० करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९३ करोड ५ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यो बैंकको नाफामा ३० प्रतिशतको वृद्धि हो । तर, बैंकको खराब कर्जा १.८२ प्रतिशत बाट बढेर २.१२ प्रतिशत पुगेको छ ।

गत वर्ष ७६ अर्ब ९१ करोड ३७ लाख ५३ हजार रुपियाँ निक्षेप संकलन गरी ६५ अर्ब ७८ करोड ९० लाख ८२ हजार रुपियाँ कर्जा लगानी गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपियाँ छ ।

बैंकले उक्त अवधिमा ८१ अर्ब निक्षेप संकलन गरी ७१ अर्ब रुपियाँ कर्जा प्रवाह गर्दा बैंकको सीसीडी अनुपात ७८.५१ प्रतिशत पुगेको छ । बैंकको रिजर्भको आकार भने १ करोड रुपियाँले घटेर ३ अर्ब ६० करोड रुपियाँमा झरेको छ ।

बैंकको कस्ट अफ फण्ड ८.०१ प्रतिशतबाट घटेर ७.३७ प्रतिशत, आधार ब्याजदर १०.७८ प्रतिशतबाट घटेर १०.०७ प्रतिशतमा झर्दा बैंकले ब्याजको स्प्रेडदर ४.०४ प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ ।

बैंकको नाफाको उक्त बढोत्तरीमा ब्याज आम्दानीको महत्वपूर्ण योगदान छ । बैंकको ब्याज आम्दानी अघिल्लो वर्ष २ अर्ब ६ करोड रहेकोमा यो वर्ष २ अर्ब ७३ करोड पुगेको देखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपियाँ ९२ पैसा कायम भएको छ । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपियाँ ९२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement