नेपाल राष्ट्र बैंकले दियो ओमी र नागरिक लघुवित्तलाई मर्जरको अनुमति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त संस्थालाई मर्जरको अनुमति दिएको छ । बैंकले सोमबार बसेको सञ्चालक समितिको बैठकबाट ओमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जरमा जान अनुमति दिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ओमी लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपियाँ रहेको छ । यो अवधिमा ओमीले चार करोड ४८ लाख ४९ हजार रुपियाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नागरिक लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ करोड ७५ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ । यो अवधिमा संस्थाको नाफा ४९ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।

पछिल्लो समयमा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा जान दबाब दिइरहेको छ । राष्ट्र बैंकको दबाबले नै लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् ।

Advertisement

Advertisement

Advertisement