आजको विदेशी विनिमय मुद्रा दर: धेरै देशको भाउ बढ्यो, केहीको स्थिर

Advertisement

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित धेरै देशको मूल्य सामान्य रुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १० रुपियाँ ७९ पेसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ ३९ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपियाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ३२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ७१ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ८५ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपियाँ ४७ पैसा रहेको छ भने बिक्रिदर ९ रुपियाँ ५३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपियाँ ९७ पैसा, बिक्रिदर १ सय ४५ रुपियाँ ७५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ७० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ४३ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ५९ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपियाँ १३ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६ रुपियाँ ११ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपियाँ ८७ पैसा रहेको छ भने बिक्रीदर २ सय ९५ रुपियाँ ४६ पैसा रहेको छ।

 

Advertisement

Advertisement

Advertisement