लाहोरको सुफी दरगाहमा बम विस्फोट, कम्तीमा आठ जनाको मृत्यु

Advertisement

पाकिस्तान ।  पाकिस्तानको लाहोरमा बम विस्फोट भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार, लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर भएको विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

सुरक्षामा खटिएको एक गाडीलाई निशाना बनाएर बम विस्फोट गराइएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटमा घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

विस्फोटपछि त्यस इलाकामा ठूलो संख्यामा पुलिस अधिकारीहरु तैनाथ गरिएको छ । विस्फोट गराइएको क्षेत्रमा खोजतलासी जारी रहेको छ । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन ।

लाहोर पुलिसका डीआईजी मोहम्मद अशफाकले दरगाहबाहिर खडा गरिएको पुलिस अधिकारीको गाडीलाई निशाना बनाइएको बताए । दाता दरबार दरगाह दक्षिण एसियाको सबैभन्दा पुरानो दरगाहमध्ये एक हो ।

सन् २०१० मा पनि यहाँ भएको विस्फोटमा ४२ जनाले ज्यान गुमाएका थिए ।

Advertisement

Advertisement

Advertisement