काठमाडौँमा हैजाका बिरामी भेटिए

Advertisement

काठमाडौँ । दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा भेटिएका छन्। काठमाडौं महानगरपालिका–१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ। ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकुमार लालले बताए।

झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९टेकु९मा उपचारका लागि भर्ना भएका थिए। ढल निकास नभएको र पानी पनि दूषित हुने गरेकाले हैजा फैलने जोखिम छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोली तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुबाट स्वास्थ्यकर्मीको टोलीले बिरामको घर गइ स्थलगत निरीक्षण समेत गरेको थियो।

Advertisement

Advertisement

Advertisement