अफगानिस्तानमा अमेरिकी सैनिकको ज्यान गयो

,   २५ बैशाख २०७६, बुधबार, ०३:२१ pm   
heli

वासिङ्टन । अफगानिस्तानमा तैनाथ एकजना अमेरिकी सैनिकको ज्यान गएको छ । यो घटनाको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ ।

अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए ।

पेन्टागनले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन् ।