प्राइम कमर्सियल बैंकको नाफामा ३१ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब माथिको लाभांश क्षमता कायम भएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा करिब ३१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपियाँ पुगेको हो ।

बैंकको वित्तीय विवरण अनुसार एक अर्ब ७९ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको उल्लेख छ । चालु आवको ९ महिनामा कमाएको नाफाको आधारमा बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.४२ प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख रहेको छ । त्यस्तै, जगेडा कोषमा ३० करोड ९५ लाख रुपियाँ रहेको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरणमा प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ४८ करोड ७० लाख ८ हजार रुपियाँले खुद नाफा बढाएको छ।

गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो। गत आवको यसै अवधिको तुलनामा बैंकले ३१.३६ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो।

गत आवको चैत मसान्तको निक्षेप संकलन ७२ अर्ब ६३ करोड ५९ लाख रहेको बैंकको निक्षेप ६८ अर्ब ६५ करोड ७८ लाखमा झरेको छ भने ६७ अर्ब १३ करोड ७८ लाख रहेको कर्जा लगानी चालु आवको तेस्रो त्रैमासमा बढेर ६९ अर्ब ८६ करोड ३९ लाखमा पुगेको छ ।

गत आवको चैतमा एक अर्ब ८३ करोड एक लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको चैत मसान्त आइपुग्दा दुई अर्ब ६० करोड १५ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको हो।

गत वर्षको चैत मसान्तमा ११.१० प्रतिशत रहेको बैंकको आधार ब्याजदर १०.२० प्रतिशतमा झरेको छ भने कोषको लागत ८.५३ बाट ८.२९ प्रतिशतमा घटेको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार १ अर्ब ८३ करोड २ अर्ब ३३ करोड पुर्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात करिब ०.५२ प्रतिशतले बढ्दा १.५८ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस घोषणा गरेको बैंकको बोनसअघि प्रतिशेयर आम्दानी २५ रुपियाँ ७९ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपियाँ ४८ पैसा, कर्जा निक्षेप अनुपात ७८.४३ प्रतिशत छ।

Advertisement

Advertisement

Advertisement