सिद्धार्थ बैंकको एकै पटक ४ वटा शाखा उद्घाटन

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले एकै पटक ४ वटा शाखाहरुको उद्घाटन गरेकोे छ । बैंकले बुधबार काठमाडौं काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरीया स्थित चार शाखाहरुको एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा उद्घाटन गरेको हो ।

बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा तथा मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले गरेका थिए।

यस्तै क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर ओड र अत्तरीया शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउदबाट भएको जारी विज्ञप्तीमा उल्ल्ख छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६३ र १,३०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement