होटल संघमा सिर्जना राणा अध्यक्ष

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)मा पहिलो पटक नेतृत्व चयन हुने निश्चित भएको छ । संघको बिहीबार साँझ हुन लागेको बार्षिक साधारणसभाले सिर्जना राणालाई अध्यक्ष चयन गर्ने जनाइएको छ ।

पर्यटकस्तरीय र तारे होटलहरुको संगठन होटल संघ राणा हाल उपाध्यक्ष छिन् । उनी अन्नपूर्ण होटलकी सञ्चालक हुन् । साधारणसभाले संघको कार्यसमिति चयन गर्ने र अध्यक्षमा राणा नै सर्वसम्मत हुने निश्चित रहेको संघकै एक सदस्यले बताए । अहिलेसम्म सहमतिमै नेतृत्व चयन गर्ने परम्पराअनुसार राणा नै अध्यक्ष हुने प्रारम्भिक सहमति भइसकेको र साधारणसभाले त्यसलाई वैधानिकता दिन मात्रै बाँकी रहेको उनको भनाई छ ।

सभाले २१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

Advertisement

Advertisement

Advertisement