सिद्धार्थ बैंकको एकै पटक ३ नयाँ शाखा बिस्तार, कुल शाखा संख्या १५३ पुग्यो

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले बिहिबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा बिस्तार गरेको छ ।

बैंकको इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईँले गरेका हुन् ।

बैंकले देशभर १५३ वटा शाखा९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement