गुगलको नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड क्यू’ घोषणा

Advertisement

काठमाडौं । गुगलले आफ्नो डेभलपर कन्फ्रेन्समा नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड क्यू’ घोषणा गरेको छ। गुगलका अनुसार यो यसअघिको एन्ड्रोइड पाईको अपडेट हो। एन्ड्रोयड क्यूको फाइनल भर्सन भने आगामी नोभेम्बरसम्ममा सार्वजनिक हुनेछ।गुगलको नयाँ ओएसमा नो रिबुट सेक्यूरिटी प्याचेज, फोकस मोड, इन्टिग्रेटेड पारेन्टल कन्ट्रोल्स, सिस्टम वाइड डार्क मोड र स्मार्ट रिप्लाइलगायत फिचर छन्। एन्ड्रोइड क्यूको बिटा तिन भर्सनमा लाइभ क्याप्स, लाइभ रिले, र प्रोजेक्ट यूफोनिया आदि फिचर छन्। यो एन्ड्रोइड क्यूको बिटा तिन पहिलो बिटा भर्सन हो जसमा भएका फिचर हाल परीक्षणका रूपमा उपलब्ध छन्। त्यसमा थप सुधार गरेर मात्र कम्पनीले पूर्ण संस्करण लन्च गर्ने जनाएको छ।
गुगलका अनुसार नयाँ अपरेटिङ सिस्टम गत वर्षको भन्दा धेरै स्मार्टफोनमा उपलब्ध हुनेछ। गुगलले नयाँ अपरेटिङ सिस्टमको बिटा भर्सनलाई १३ वटा ब्रान्डका २१ वटा डिभाइसमा उपलब्ध गराउने घोषणा गरेको छ। यो सूचीमा कम्पनीको आफ्नै गुगल पिक्सेल सिरिजदेखि अन्य ब्रान्डहरू छन्।
असुस जेनफोन फाइभ जेड, इसेन्सियल फोन, ह्वावे मेट २० प्रो, एलजी जी एट, नोकिया आठ दशमलव एक, वनप्लस सिक्स टी, ओपो रेनो, रियल मी थ्री प्रो, सोनी एक्सपेरिया एक्सजेड थ्री, टेक्नो स्पार्क थ्री प्रो, भीभो एक्स २७, भीभो नेक्स एस, भीभो नेक्स ए, साओमी एमआई नाईन, साओमी एमआई मिक्स थ्री फाइभ जी, गुगल पिक्सेल थ्री र पिक्सेल थ्री एक्सएल, पिक्सेल टू र पिक्सेल टू एक्सएल, पिक्सेल र पिक्सेल एक्सएल रहेका छन्।

Advertisement

Advertisement

Advertisement