ट्‍वीटरमा नयाँ नियम: कसैले गरेको ट्‍वीटलाई रिट्‍वीट गरेर विभिन्न फोटो, भिडियो जोड्न सकिने

Advertisement

काठमाडौं । ट्‍वीटरले कसैले गरेको ट्‍वीटलाई अन्य व्यक्तिले रिट्‍वीट गर्ने नियममा परिवर्तन गरेको छ। यसअघि टेक्स्टमात्र सपोर्ट गर्ने गरेकोमा अब रिट्‍वीटमा पनि विभिन्न फोटो, भिडियो जोड्न सकिने भएको छ।

ट्‍वीटरले यो सुविधा निकै ढिलो गरी ल्याए पनि यसले प्रयोगकर्तालाई उत्साहित बनाउने अनुमान गरिएको छ। कम्पनीले यो फिचर ढिलो गरी आउनुको कारणमा यो ठूलो प्रोजेक्ट भएको र यसले समग्र ट्‍वीट डिटेल पेजका साथै टाइमलाइनमा पनि असर पर्ने उल्लेख गरेको छ।

यो विस्तार गरिएको रिट्‍वीट फिचर हालका लागि आईओएस प्रयोगकर्ता अर्थात् आइफोनमा मात्र उपलब्ध छ।

Advertisement

Advertisement

Advertisement