मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

Advertisement

काठमाडौं । मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्वन्धी सम्पूर्ण सेवाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १०२ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement