एभरेस्ट बैंकको होम लोन स्किमः मासिक ९५९९ तिरे पुग्ने

Advertisement

काठमाडौं । एभरेस्ट बैंकले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्षित गरेर होम लोन स्किम सार्वजनिक गरेको छ। बैंकले घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि ‘अब भाडा होइन आफ्नो घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार पाँच सय ९९ को होम लोन स्किम ल्याएको हो।

ग्राहकले सेवा शुल्कमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन लिन सकिने बैंकले जानकारी गराएको छ।हालै गरिएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न एभरेष्ट बैंक सफल भएको छ ।

१० लाख भन्दा बढी ग्राहक भएको एभरेष्ट बैंकले यो संख्या बैंकिङ क्षेत्रकै सर्वाधिक रहेको समेत दाबी गरेको छ । एभरेष्ट बैंकका हाल ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम सञ्चालनमा रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement