लक्ष्मी बैंकको १०३औँ शाखा विस्तार बिराटनगरको तिनपैनीमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले बिराटनगरको तिनपैनीमा १०३औँ शाखा विस्तार गरेको छ । बैंकले शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको हो ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६जिल्लामा १०३शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमाल गायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दैआएको जनाएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप फड्को मार्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement