धेरै नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक र नबिल अगाडि, कम नाफा गर्नेमा सिभिल र सेन्चुरी

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक र निजी क्षेत्रको नबिल बैंक अगाडि देखिएका छन् । उनीहरु दुवैको नाफा तीन अर्बभन्दा बढि रहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ४९ करोड रुपियाँ नाफा आर्जन गरेको छ भने नबिल बैंकले तीन अर्ब १९ करोड नाफा गरेको छ । कुल २८ वटा वाणिज्य बैंकहरूमा कम नाफा गर्नेमा सिभिल र सेन्चुरी बैंक रहेका छन् । सेन्चुरी बैंकले ६१ करोड नाफा कमाएको छ भने सिभिल बैंकले ४९ करोड नाफा कमाएको छ।

उक्त अवधिमा छ वटा बैंकले दुई अर्ब र १८ वटा बैंकले एक अर्बभन्दा बढी नाफा कमाएका छन्। नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, नेपाल बैंक, एभरेष्ट, कृषि विकास र हिमालयन बैंकको नाफा दुई अर्बभन्दा माथि पुगेको छ भने बाँकीले एक अर्बभन्दा बढि नाफा गरेका छन् ।

सबै बाणिज्य बैंकको नौ महिनाको नाफा ४५ अर्ब ६६ करोड रहेको छ । यो नाफा दोस्रो त्रैमासको भन्दा ४८.१८ प्रतिशतले बढी हो।उनीहरुले छ महिनामा ३० अर्ब ८१ करोड नाफा गरेका थिए । गएको आर्थिक बर्षमा ५४ अर्ब ९६ करोड कमाएका बाणिज्य बैंकहरुले यस बर्ष ६० अर्बभन्दा बढि नाफा गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement