पोखराको चिप्लेढुंगामा देबेन्द्र स्पोर्टस् सञ्चालन

Advertisement

पोखरा । सम्पूर्ण खेलकुद सामाग्री होलसेल मूल्यमा उपलब्ध गराउने उद्देश्यले पोखराको चिप्लेढुंगामा देबेन्द्र स्पोर्टस् सञ्चालनमा आएको छ । व्यवसायिकरूपमा ख्याति कमाएको स्काई ब्राण्डस् नेपालको सहकार्यमा उक्त शोरूम सञ्चालनमा ल्याइएको होे ।

स्पोर्टस्सँग सम्बन्धित सबै किसिमका खेल्ने र खेल खेल्दा लगाउने सामाग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सो पसल सञ्चालनमा ल्याएको स्काई ब्राण्ड्स नेपालका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

शोरूमको एउटै छानामुनीबाट स्पोर्टस् सुज, जर्सी, खेल खेल्दा लगाउने जर्सी, ज्याकेट, टिसर्ट, ट्रफी, म्यूजिकल इन्स्ट्रमेन्टलगायत सबै किसिमका खेल सामाग्रीहरु उपलब्ध हुने छन् ।

स्काई ब्राण्डस् नेपाल खेल सामाग्री तथा खेलसँग सम्बन्धित संस्था स्थापना तथा सञ्चालनमा नेपालको अग्रणी संस्था हो ।

Advertisement

Advertisement

Advertisement