बजेट समानुपातिक बनाउन माग

Advertisement

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र देशका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद दिलकुमारी रावल थापा ९पार्वती०ले विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय सडक तथा रणनीतिक महत्वका सडक आयोजना सङ्घीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेकोमा प्रक्रियागत अस्पष्टताका कारण आयोजना कार्यान्वनमा समस्या देखिएको बताए ।

सांसद नन्दा चपाईले स्थानीय पूर्वाधार विकास बजेट सबै सांसदलाई समान रुपमा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे । सांसद नैनकला ओझाले मोरङको पथरी–शनिश्चरे हुँदै रङ्गेली जोडिने सडकलाई हुलाकी सडकसम्म जोड्न १५ किलोमिटर बाँकी रहेकाले त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश पन्थले सरकारले सांसदले राखेका कुरा नसुनेका कारण मन्त्रालयमा फाइल बोकेर धाउनुपर्ने बाध्यता परेकोमा त्यसलाई अन्त्य गर्न आवश्यक रहेको सुझाव दिए । सांसद बद्रीप्रसाद पाण्डेले राहदानी विधेयक प्रतिनिधिसभाले मात्र पारित गरी प्रमाणीकरण गर्ने अवस्था कसरी सिर्जना भयो भनी प्रश्न गर्दै यस घटनाले राष्ट्रियसभाको औचित्यमाथि नै प्रश्न खडा गरेको धारणा व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement