हामीसँग भएको स्रोत र साधानलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्छ: अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले हामीसँग भएको स्रोत र साधानलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने बताएका छन् । । बिमा समितिको ५१ औं वार्षिक उत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले भने, ‘बिमितलाई अहिले एउटा पुस्तक किन्दा ६ वटै लैजाउ भने जस्तै एउटा बिमा लेख खरिद गर्दा त्यसमा बन्डलिङ गरिएको गुनासो आइरहेको छ । यसलाई रोक्नुहोस्।’ उनले कम्पनीको विस्तारभन्दा पनि बिमाको गुणात्मक विस्तार आवश्यक रहेको बताए ।

अर्थमन्त्री खतिवडाले यसलाई अनावश्यक भनेका छन्। ‘यो विषयमा मन्त्रालय बिमित र बिमक दुवैका कुरा सुन्न तयार छ’, मन्त्री खतिवडाले भने, ‘त्यसैले अबका दिनमा यसरी ‘बन्डलिङ र इन्सुरेन्स’ को प्याकेजिङ वा ‘इन्सुरेन्स–इन्सुरेन्स’ बिचकै प्याकेजिङ नगरिदिनु होला। त्यसको निगरानी हुन्छ।’ कार्यक्रममा खतिवडाले समग्ररूपमा देशको आर्थिक वृद्धि भइरहेका बेला बिमा क्षेत्रमा भएको सकारात्म वृद्धि पनि स्वाभाविक भएको बताएका छन्।

उनले बिमा कम्पनीहरूले एउटै बिमा लेखमा धेरै विषय समावेस गरी ‘प्याकेज’ बनाउने गरेको बिमितले गुनासो गरेको बताएका छन्। यसले गर्दा बिमितलाई अनावश्यक आर्थिक भार पर्न गएको भन्दै मन्त्री खतिवडाले यसमा पुनर्विचार गर्न बिमा समितिलाई आग्रह गरेका छन्।

उनले व्यवसायीलाई लघुवित्त बिमामा जोड दिन पनि आग्रह गरेका छन्। उनले लघुवित्त क्षेत्रमा भएको लागनी बिमा क्षेत्रका लागि आधार भएको बताए। कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले यो वर्ष बिमा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए। उनले यो आर्थिक वर्षको सुरुमा बिमाको पहुँच १० प्रतिशतमा रहेकामा फागुन मसान्तासम्म १८ प्रतिशतमा पुिगसकेको बताएका छन्।

उनले यो वृद्धि आर्थिक वर्षको अत्यसम्म २० प्रतिशतमा पुग्नेसमेत उल्लेख गरे। यो वर्ष बिमा क्षत्रेमा उल्लेख्य वृद्धि भएको छ। चापागाईले बिमा क्षेत्रको विकासका लागि सरकाले कृषि बिमामा दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, जीवन बिमामा भएको करको दायरा २० प्रतिशतबाट वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

Advertisement

Advertisement

Advertisement