राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताएका हुन्।

उनले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गगरे। सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी पनि गरे ।

प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको बताए ।

नेपालविरोधि, प्रतिक्रियावादी, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको बताए ।

अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उनले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गरे।

अब दुवै पार्टी अन्तरघुलित भएर एक भएको भन्दै उनले यसैलाई बुझेर सबै नेतृत्व पाउने साथीहरुले जिम्मेवारी निर्वाह गर्नेछन् भन्ने विश्वास लिएको पनि उनले बताए ।

एकताका केही काम बाँकी रहेको भए पनि ती कामले केही दिन भित्र नै पूर्णता पाउने पनि उनले विश्वास समेत दिलाएका छन् ।

Advertisement

Advertisement

Advertisement