सुन्धारामा ट्यांकरले ठक्कर दिँदा एक युवतीको मृत्यु

Advertisement

काठमाडौँ । काठमाडौँको सुन्धारामा काठमाडौं मल अगाडि पानी बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ ।

ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइकललाई काठमाण्डौ मल अघि ठक्कर दिँदा काभ्रे पनौति घर भई काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसीको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक केसीका बुवा रामशरण केसी पनि गम्भीर घाइते हुनु भएको छ । दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको भए पनि सुनिताको उपचारको क्रममा ज्यान गएको र बुवा रामशरणको भने उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर चालक अमर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

Advertisement