मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार सडकमा (फोटो फिचर)

Advertisement

काठमाडौं । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोध गर्दै पत्रकार र सञ्चारकर्मीहरु शुक्रबार सडकमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको आव्हानमा देशभरका पत्रकार तथा सञ्चारकर्मी विरोध उत्रिएका हुन् ।

राजधानी काठमाडौंको नयाँ बानेश्वरसहित मुलुकमा मुख्य शहरहरुमा उनीहरुले कालोपट्टि बाँधेर धर्ना दिए । आफ्ना उपकरणसहित विरोधमा उत्रिएका पत्रकार एवं सञ्चारकर्मीहरुले संविधानविपरित प्रेस स्वतन्त्रता कुण्ठित हुने गरेर सरकारले विधेयक ल्याएको भन्दै विरोध जनाएका थिए ।

उनीहरु ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’ जस्ता नारा अंकित व्यानर र प्लेकार्डसहित धर्नामा बसेका थिए ।

Advertisement

Advertisement

Advertisement