बैतडीको नानीगाडमा जीप दुर्घटना, ३ जनाको मृत्यु

Advertisement

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा जीप दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका १० का हिरा बल्लभ भट्ट र नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै मृत्यु भएका अर्का एकजना पुरुषको सनाखत भएको छैन्।

घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको छ।

Advertisement

Advertisement

Advertisement