काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । कांग्रेसले हरेक मन्त्रालय हेर्नेगरी मन्त्रालयस्तरीय समन्वय समितिहरु बनाएर त्यसको संयोजकहरु तोकिएको छ ।
संयोजकहरुले छाया मन्त्रीको रुपमा सरकारका सम्वन्धित मन्त्रालयका गतिविधिहरुको अनुगमन गर्ने, नीति निर्माणमा भूमिका खेल्ने छन् । उक्त पार्टीले आफ्नो विधानमा रहेको व्यवस्थाअनुसार छायाँ सरकार बनाएको हो । काँग्रेसले बनाएको छाया सरकार यस्तो छः
उर्जा मन्त्रीः ज्ञानेन्द्रबहादुर कार्की,
परराष्ट्र मन्त्रीः नारायण खड्का,
अर्थ मन्त्रीः मिनेन्द्र रिजाल,
गृह मन्त्रीः दिलेन्द्रप्रसाद बडू,
शहरी विकास मन्त्रीः उमाकान्त चौधरी,
खेलकुद मन्त्रीः किशोरसिंह राठौर,
उद्योग मन्त्रीः मीन विश्वकर्मा,
शिक्षा मन्त्रीः गगन थापा,
खानेपानी मन्त्रीः सुजाता परियार,
स्वास्थ्य मन्त्रीः पार्वती डिसी चौधरी,
पर्यटन मन्त्रीः देवेन्द्र कँडेल,
श्रम मन्त्रीः डिला संग्रौला,
सञ्चार मन्त्रीः बहादुरसिंह लामा
भूमिसुधार मन्त्रीः लक्ष्मी परियार,
संघीय मामिला मन्त्रीः अतहर कमाल मुसलमान,
कृषि मन्त्रीः पद्मनारायण चौधरी,
महिला मन्त्रीः उमा रेग्मी,
रक्षा मन्त्रीः भीमसेनदास प्रधान,
भौतिक पूर्वाधार मन्त्रीः सञ्जय गौतम,
वन मन्त्रीः राजेन्द्र केसी
कानुन मन्त्रीः राधेश्याम अधिकारी