काठमाडौं । एनआईबिएल एस क्यापिटलले जेठ १९ गतेदेखि सामूहिक लगानी कोष (म्युचुअल फन्ड) एनआईबिएल सहभागिता फण्डको २० करोड रुपियाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउने भएको छ। एनआइबीएल सहभागित फन्डको ५ करोड इकाई युनिट निष्कासन गर्नेछ ।
हाल दुई वटा बन्दमुखी प्रकृतिका कोष सञ्चालनमा रहेकोमा पहिलो पटक खुलामुखी योजना सञ्चालनमा ल्याउन लागिएको फण्डले जनाएको छ ।
एनआईबिएल एस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट बैशाख ९ गते सोमबार ५० करोडको लाई पाँच करोड इकाई जारी गर्न स्वीकृती पाएको थियो। जसमध्ये पहिलो चरणमा २० करोड रुपियाँ बराबरको २ करोड इकाई निष्काशन गर्न लागेको हो ।
दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखी एक करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन हुनेछ ।
यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार १६ गतेसम्म आवेदन खुला रहनेछ ।
एनआईबिएल सहभागिता फण्डमा प्रति इकाई १० रुपियाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपियाँदेखि अधिकतम २ लाख ५० हजार इकाईका लागि २५ लाख रुपियाँसम्मको आवेदन गर्न सकिन्छ।
इकाईमा सि आश्वा सदस्यस्ता प्राप्त लगानीकर्ताको बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि अनलाईन आवेदन गर्न सक्नेछन् ।
हालसम्म नेपालमा बन्दमुखि प्रकृतिको १३ वटा म्युचुअल फण्ड सूचीकृत छन् । नबिल ब्यालेन्स फण्डले इकाई बिक्री सकेको छ भने बिहीबारदेखी सिटिजन्स म्युचुअल फण्ड २ बिक्रीमा छ । यो भने पहिलो खुलामुखी प्रकतिको योजना हो।
धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने रणनीति अंगिकार गरेको थियो। सोही नीति अनुरुप एनआईबिएल एस क्यापिटललाई पहिलो खुलामुखि फण्ड सञ्चालन गर्ने अनुमति बोर्डले दिएको हो।