सिटिजन्स म्युचुअल फण्ड–२ सर्वसाधारणको लागि खुला

Advertisement

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना–२ ( म्युचल फण्ड–२) आज बाट सर्वसाधारणको लागि खुला भएको छ । यो फण्डको प्रति इकाई रु १० का दरले १० करोड इकाई निष्काशन हो।

यी इकाई मध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख अर्थात् कुल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई खुल्ला गरिएको छ ।

मिति २०७६ जेष्ठ ९ गते बिहिबारदेखी मिति २०७६ जेष्ठ १३ गते सोमबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको व्यहोरा जानकारी दिएको छ। आवेदन दिने समय अवधिमा पूर्ण आवेदन नपरेमा समय थप गर्ने फण्डले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट वा अनलाइनमार्फतखाता प्रयोग गरी आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । इच्छुक आवेदकले न्युनतम १०० इकाई देखि अधिकतम २ करोड इकाईसम्म आवेदन गर्न सक्ने छन् ।

सिटिजन्स म्युचुअल फण्ड–२ का विशेषताहरु

  • सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुने दोस्रो बन्दमुखी सामुहिक लगानी योजना

  • योजनाको आकारः १ अर्ब रुपियाँ

  • योजना परिपक्व हुने मितिः इकाई बाँडफाँड भएको मितिले ७ वर्ष

  • कोष प्रवद्र्धकः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

  • कोष व्यवस्थापकः सि.बि.आई.एल क्यापिटल लिमिटेड प्रति इकाई मूल्यः रु. १०

  • आवेदन दिन पाउने अधिकतम इकाई सङ्ख्या २ करोड

  • सर्वसाधारण लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल उपलब्ध गराउने उद्धेश्यले अप्रत्यक्ष लगानी सम्बाहकको रुपमा यो कोषको संचालन गरिएको ।

  • प्रति इकाई १० रुपियाँका दरले रु.१००० देखी लगानी गर्न सकिने भएकाले थोरै रकम लगानी गरेर पनि विविधिकृत लगानीको को हिस्सेदार बन्न पाइने ।

  • व्यक्ति तथा संगठित सस्था जो सुकैले पनि लगानी गर्न सक्ने ।

  • तरलताको लागि नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने भएकाले सहज किनबेच गर्न सकिने

  • लगानी गर्दा लगानी व्यवस्थापनमा दक्षता हासिल गरेका व्यक्तिबाट बजार तथा साधनहरुको अध्ययन र विश्लेषण गरेर मात्र लगानी गरिने हुँदा लगानी जोखिम कम हुने ।

Advertisement

Advertisement

Advertisement