रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकमा सुरुङ बनाउने प्रस्ताव

Advertisement

काठमाडौं । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक खण्डमा सुरुङ बनाउने प्रस्ताव अघि बढाइएको छ । सुरुङ निर्माणका लागि प्रतिवेदन निर्माण गरेर सडक विभागमा पठाइएको छ ।

प्रतिवेद अनुसार मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर दूरी रहने छ । सुरुङ निर्माणको लागि ३८ अर्ब रुपियाँ लाग्ने छ । प्रतिकिलोमिटर दुई अर्ब रुपियाँ खर्च हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । नेपाली सेनाले एक वर्षअघि ट्रयाक खोलेर योजनालाई हस्तान्तरण गरेको थियो ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

Advertisement

Advertisement

Advertisement