एनआईसी एशिया बैंकका ग्राहकलाई ग्रिनसिटी हस्पिटल, स्टार हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत आफ्नो ग्राहकको स्वास्थ्यको ख्याल गर्दै हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर, कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान पाउनेछन् ।

एन आई सी एशिया बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरे । उपरोक्त सम्पूर्ण सम्झौतापत्रहरुमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरे ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ । २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement