प्रधानमन्त्री कप: पहिलो जित प्रदेश नं २ ले हात पार्यो

Advertisement

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश २ ले कर्णालीलाई नौ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि खेलेको पहिलो खेलमा प्रदेश २ आर्मीसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य पच्छ्याएको प्रदेश २ ले १६ ओभरमा एक विकेट गुमाएर भेट्टायो । उसका लागि हरिशङ्कर शाहले सर्वाधिक ५५ रन बनाए । ६४ बल खेलेको उनले सात चौका प्रहार गर्दै अविजित रहे । त्यस्तै हसिम अन्सारीले १७ तथा रवि शाहले अविजित १६ रन जोडे ।

कर्णालीका लागि प्रकाश जैशीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटिएको थियो । कर्णालीका लागि प्रकाश जैशीले ३७ र कप्तान रवीन्द्र शाहीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् ।

प्रदेश नं २ का कुमार थापा एक्लै ३ विकेट लिए भने रशिद खान, शम्शद शेख र हरिशङ्कर शाहले समान दुई दुई विकेट लिए । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement