धुर्मुस सुन्तलीले बनाउन लागेको रंगशालाको बार भत्काउने मुख्य आरोपी नेकपा कार्यकर्ता निलम्वित

Advertisement

चितवन । निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनले निलम्बन गरेको छ। निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो ।

पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्वारा विहीबार जारी विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरी क्षतिपूर्ती भराउन माग गरेको छ ।
नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement