यस्तो छ कारमा एसी चल्ने माइलेज नघट्ने तरीका

Advertisement

काठमाडौँ । गर्मीमा कार चलाएर हिँड्दा झ्याल खोलेर हिड्नुपर्ने हुन्छ ।तर काठमाडौँको बाटोमा यसरी भ्mयाल खोलेर हिड्न साह्रै गारो हुन्छ । यहाँ उड्ने धुलोले बिरामी नै बनाउँछ। यस अवस्थामा कारमा रहेको एसीले ठूलो सहयोग गर्छ। यसले पसिना र धुलोबाट बचाउन सहयोग गर्छ । यसरी कारमा एसी चलाएर हिँड्दा कारको माइलेज तथा पर्फर्मेन्समा असर गर्न सक्छ ?

कारमा एसीको राम्रो नतीजा प्राप्त गर्न पहिला एसी स्टार्ट गर्नुअगाडी कारको फ्यान चलाएर सबै झ्याल एकछिन खोल्नुपर्छ , जसले कारमा जम्मा भएको तातो हावालाई बाहिर पठाउँछ। केही समयपछि एसी अन गरेर एसीको हावाको फ्लो ड्राइभरको खुट्टा पटी लगाउनुपर्छ। जसले गर्दा चिसो हावाले तातो हावालाई धकेल्दै विस्तारै माथि हुँदै बाहिर पठाउन सजिलो हुन्छ।

एसीको फ्यानको स्पिड घटबढगर्नले के फरक पार्छ ?

कारमा रहेको ब्लोअरको फ्यान घुमाउन इन्जिनको केही सम्बन्ध हुँदैन। यो कारमा रहेको ब्याट्रीबाट चल्ने गर्छ। जसले गर्दा ब्लोअरको स्पिड कम तथा बढी हुँदैमा इन्जिनको पावर, माइलेज तथा पर्फर्मेन्समा केही फरक पर्दैन।

एसीको टेम्प्रेचर घटबढ गरे माइलेजमा के फरक पर्छ ?

कारमा रहेको एसी सञ्चालन गर्न एसीको कम्प्रेसर चल्नु पर्छ। उक्त कम्प्रेसर इन्जिनसँग जोडिएको हुन्छ। जब हामीले एसीको बटम अन गर्छौं तब इन्जिनसँग जोडिएको बेल्टले कम्प्रेसरलाई घुमाउने काम गर्छ। जहाँ इन्जिनको पावर प्रयोग हुन्छ र हामीलाई पिकअप कम भएको महसुस हुन्छ। यस्तो अवस्थामा अन भइरहेको एसीको टेम्प्रेचर कम गरिँदा वा एसीको फ्यानको स्पिड कम गर्दा पनि केही फरक पर्दैन।

माइलेज कसरी दुरुस्त राख्ने ?

कार रोकिरहँदा एसी चलाउने हो भने त्यसले इन्धन बढी खपत गर्ने गर्छ कारको माइलेजमा कमी नल्याउने हो भने रेड लाइटमा रोकिँदा वा जाममा पर्दा कारको एसी बन्द गर्नुपर्छ तर फ्यान भने खोलीराख्न सकिन्छ किनकी फ्यान ब्याट्रीले सञ्चालन गर्छ ।

हावाको फ्लो कसरी मिलाउने

गर्मीको समयमा कारको तापक्रम चिसो बनाउन एसी चलाउँदा जहिले पनि क्याबिनमा हावाको फ्लोको सोर्स क्याबिनभित्र मात्र राख्नु पर्छ जसले गर्दा क्याबिनभित्रको हावा मात्र सर्कुलेट भइरहन्छ र तापक्रम चाँडो चिसो हुने गर्छ। तर लामो यात्रा गरिरहँदा क्याबिनभित्रको मात्र हावा सर्कुलेट गरिरहन हुँदैन।सकेसम्म कारलाई पार्क गर्दा सिधा घाम नपर्ने गरी वा ओझेल परेको ठाउँमा पार्क गर्न सके कारको क्याबिनको टेम्प्रेचर छिटो चिसो बनाउन सकिन्छ।

Advertisement

Advertisement

Advertisement