क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग

Advertisement

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि विभिन्न दाताले शुक्रबार आर्थिक सहयोग गरेको छन्। जय मनहरी क्रसर उद्योगले दुई लाख र भरतपुर गार्डेन रिसोर्टले एक लाख रुपियाँ सहयोग गरेका हुन् । भरतपुरमा रहेको भरतपुर गार्डेन रिसोर्टले एक लाख रुपियाँ सहयोग गरेको छ। होटलका कर्मचारीले आफ्नो तलबको २ दिन बराबरको रकम संकलन गरी रंगशाला निर्माणमा सहयोग गरेको हो।

शुक्रबार बिहान एक कार्यक्रम गरी होटलका म्यानेजिङ डाइरेक्टर दिलीप मैनालीले एक लाखको चेक धुर्मुस (सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुसु) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण गर्दै मैलानीले चितवनमा बन्दै गरेको देशकै गौरवको आयोजना सम्पन्न गराउन सबैले आ(आफ्नो स्थानबाट अपनत्व ग्रहण गर्नुपर्ने भएकाले सकेको सहयोग गरिएको बताए।

उनले सबैलाई आफूले सक्ने सहयोग गर्न आग्रहसमेत गरे। होटलका कर्मचारीको २ दिन बराबरको तलब र सो रकममा केही होटलका तर्फबाट थपेर सहयोग गरिएको कार्यकारी निर्देशक दीपेन्द्र खनालले बताए। यस्तै, सोही कार्यक्रममा मकवानपुरमा रहेको जय मनहरी क्रसर उद्योगले दुई लाख सहयोग गर्ने घोषणा गरेको छ।

उनले रंगशाला निर्माणमा सबैले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए। अहिलेसम्म चितवन जिल्लाबाट १४ लाख सात हजार पाँच ६७ रुपियाँ सहयोग संकलन भएको फाउण्डेसनले जनाएको छ। उद्योग वाणिज्य संघ चितवनका तर्फबाट एक करोड, उद्योग संघ चितवनका तर्फबाट ५१ लख, भरतपुर महानगर १३ वडाबाट २५ लाख सहयोग गर्ने घोषणा भए पनि हालसम्म जिल्लाबाट १४ लाख सात हजार ५६७ रुपियाँ नगद सहयोग संकलन भएको फाउण्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए।

चितवनको रामपुरमा निर्माणकै चरणमा रहेको रंगशालाको तारबार असन्तुष्ट केहि व्यक्तिले भत्काइदिएपछि सर्वत्र विरोध भइरहेको छ।

Advertisement

Advertisement

Advertisement