एनआईबिएल म्युचल फण्डको बिक्री खुल्यो

Advertisement

काठमाडौं । सामूहिक लगानी कोष एनआईबिएल सहभागिता फण्ड (म्युचल फण्ड)को इकाईमा जेठ १९ गतेदेखि सर्वसाधारणमा आवेदन खुला भएको छ। पहिलो चरणमा कम्पनीले २० करोड रुपियाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो।

नेपाल धितोपत्र बोर्डबाट एनआईबिएल एस क्यापिटलले बैशाख ९ गते सोमबार ५० करोडको लाई पाँच करोड इकाई जारी गर्न स्वीकृती पाएको थियो। जसमध्ये पहिलो चरणमा २० करोड रुपियाँ बराबरको २ करोड इकाई निष्काशन गरेको हो ।

दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखी एक करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको छ ।

एनआईबिएल सहभागिता फण्डमा प्रति इकाई १० रुपियाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपियाँदेखि अधिकतम २ लाख ५० हजार इकाईका लागि २५ लाख रुपियाँसम्मको आवेदन गर्न सकिन्छ। इकाईमा सि आश्वा सदस्यस्ता प्राप्त लगानीकर्ताको बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि अनलाईन आवेदन गर्न सकिनेछ ।

हालसम्म नेपालमा बन्दमुखि प्रकृतिको १३ वटा म्युचुअल फण्ड सूचीकृत छन् । नबिल ब्यालेन्स फण्डले इकाई बिक्री सकेको छ भने बिहीबारदेखी सिटिजन्स म्युचुअल फण्ड २ बिक्रीमा छ । यो भने पहिलो खुलामुखी प्रकतिको योजना हो।

इकाई छिटोमा जेठ २२ गते निष्काशन बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने असार १६ गतेसम्म निष्काशन खुला रहने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement