साताको पहिलो दिन नै सेयरमा भारी गिरावट

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से १३ दशमलव ७९ अंकले झरेर एक हजार ३०५ दशमलव ६८ कायम भएको छ ।

विशेषगरी बाणिज्य बैंक समूहमा भारी गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको हो । बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव १७ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्यत समूहको उपसुचक एक दशमलव ७५ प्रतिशतले घटेको छ भने अन्य समूहको गिरावट एक दशमलव ६३ प्रतिशतले घटेको छ ।

अधिकांश समूहको उपसुचक घट्दा पनि होटल र उत्पादनमूलक समूहका सुचकहरुमा भने सामान्य वृद्धि रहेको छ । आज धेरै कारोबार गर्नेमा प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीको सेयर १३ करोड रुपियाँभन्दा बढिले खरिद बिक्री भएको छ । दोस्रोमा शिवम् सिमेन्ट्स रहेको छ । उसको नौ करोड ३७ लाख रुपियाँको कारोबार छ ।

आज नाफा धेरै गर्नेमा कन्काई विकास बैंकका लगानीकर्ता अगाडि छने भने घाटा खानेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement