आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

Advertisement

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपियाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ १२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ३९ रुपियाँ ६५ पैसा, बिक्रिदर १ सय ४० रुपियाँ ४१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ६३ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ४३ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ५७ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २५ पैसा रहेको छ ।

त्यस्तैगरी बैंकले कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपियाँ ३६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपियाँ ३३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपियाँ १५ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपियाँ ७४ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

binimayadar

Advertisement

Advertisement

Advertisement