प्रदेश एकको चालु वर्षको बजेट २६ प्रतिशत मात्र खर्च

Advertisement

मोरङ । प्रदेश एकको चालु आर्थीक बर्षको बजेट २६ प्रतिशत मात्र खर्च भएको पाईएको छ । अर्थ समितिका सभापति मोहनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाले चालु वर्षको बजेट २६ प्रतिशत मात्र भएको जानकारी दिए । सोचेअनुसार खर्च नभए पनि ६० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान रहेको समेत उनले बताए ।

प्रदेश एकको बजेट खर्चको बारेमा अर्थ समितिले चासो दिएको छ । खर्चको अवस्थाको बारेमा समितिले जानकारी मागेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म भएको प्रगतीको बारेमा समितिलाई जानकारी गराएको हो ।

सचिव सिटौलाले आगामी आर्थिक वर्षका संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ अर्ब रुपियाँ आउने अनुमान गरिए पनि सात अर्बमात्रै आउने जानकारी दिए । यही कारणले गर्दा बजेट निर्माणमा चाप परेको उनले बताए ।

अहिलेसम्म तीन अर्ब ३५ करोड आन्तरिक राजस्व प्राप्त भएको तर सवारी साधनको राजस्व बाँडफाँट वापतको रकम अझै प्राप्त नहुँदा स्थानीय तहमा पठाउनु पर्ने सशर्त अनुदानको रकम पठाउन समस्या भइरहेको उनले समितिलाई जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement