सिद्धार्थ ग्रुपले भैरहवामा पाँच तारे होटल खोल्दै, निर्माण शुरु

Advertisement

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पाँच तारे लक्जरी होटल पनि संचालनमा ल्याउने भएको छ। करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको होटल परिसरभित्र ८ तल्ले होटल भवन निर्माण गर्न लागिएको हो ।

यो समूहले भैरहवामा आगामी दुई वर्षभित्र सेवा शुरु गर्ने योजनाको साथ सिद्धार्थ इन्टरनेशनल होटलको निर्माण कार्य शुरु गरेको छ। होटलमा ८५ भन्दा बढी कोठा रहने जनाईएको छ ।

बुटवलमा कटेज रेष्टुरेन्ट र तीन तारे स्तरको होटल संचालन गरिरहेको सिद्धार्थ बिजनेशले लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गर्न लागेको हो।

यो व्यवसायिक समूहले आफ्नै लगानीमा चारवटा तारे होटल, तीन रिसोर्ट र पाँचवटा कटेज संचालन गरिरहेको छ। यो समूहको होटल, रिसोर्ट र कटेज काठमाडौं, ललितपुर, तुम्लिङटार, बुटवल, नेपालगन्ज, सुर्खेत, चीसापानी(कर्णाली) मा संचालनमा छन्।

निर्माण सामग्री र खाद्यान्न उत्पादनमा संलग्न बुटवलको एसआर समूहले पनि पाँच तारे होटलमा लगानी गर्ने घोषणा गरेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement